१६जेठ, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ  ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई ‘हेर्दाहेर्दै’ मा राखेको हो।

आजको बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो। विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुक्रबारदेखि शुरु भएको थियो।