जनताकाे अथाह प्रेम छ। मानिसहरू विभिन्न विशेषणले विभूषित गर्ने गर्छन्। उनीलाई घृणाभन्दा प्रेम गर्नेहरूकाे जमात हजाराैँ गुणा फराकिलाे छ। उनी पाैरखी, उदार स्वभावले सिञ्चेकाे चरित्र र दर्शनशास्त्रले भरिपूर्ण छिन्। सादा जीवन – उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रकाे धराेहर अर्थात् उनी हुन्– आङ सान सुकी।

नेत्री सुकीकाे जन्म सन् १९४५ जुन १९ मा मध्य म्यान्मार (बर्मा) को नात्मुक भन्ने ठाउँमा भएकाे हाे। उनकाे औपचारिक शिक्षा मध्य रङ्गुनस्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट सुरू भएकाे बर्मेली पाठशालामा पढेकाे स्मरण छ।

कहालीलाग्दाे राजनीतिक संकटबाट देशलालाई मुक्त गर्न नेत्री सुकी बच्चैदेखि मनन, चिन्तन गर्थिन्–रे (पढेकाे/सुनेकाे)। देश, जनता, प्रजातन्त्र र मानव अधिकारका लागि उनले गरेकाे त्याग र सङ्घर्षबाट विश्व नै परिचित छ। आफ्नै बुबाकाे जस्ताे माेहित पार्ने शक्ति– नेत्री सुकीकाे अर्काे परिचय पनि हाे।

राजनैतिक रङ्गमञ्चमा उनी सजिलै आईपुगेकी कहाँ हुन् र? चालिएका कदमहरू सहज अनि समय छाेटाे विल्कुलै छैन। उनीले भाेगेकाे जस्तै दुःख र पीडा व्यहोर्न कसले सक्ला र?

विचारै–विचारकाे पहाड, त्याग र समर्पनकाे प्रतिमूर्ति भनेर समेत चिनिने प्रजातन्त्रवादी नेत्री सुकी बर्मेली समाजकी आमा हुन् भने कसैकसैकी दिदी पनि हुन्। उनका लागि देश र जनता नै सबैथाेक हुन्। उनले देशका लागि पति र पुत्रहरू समेत त्यागिन्। सुख–सयल सम्पन्न परिवार नै त्याग गरिन्।

आफ्ना, इच्छा र आकांक्षाहरूलाई परित्याग गर्नु सानाे बलिदान हाेइन। ‘कर्मकाे खेल रहेछ सबै याे जगतमा, कर्मकाे फेलापरी म परे बन्धनमा’ भने झैँ कर्म कै खेलमा राजनीतिक परिवेशमा आइपुगिन् उनी।

राष्ट्रियता र सभ्य राजनीतिप्रति उनकाे अथाह प्रेम नै प्रेम झल्किन्छ। ‘हुने विरूवाकाे चिल्लाे पात’ भने झैँ नभन्दै उनीभित्रकाे राजनीतिक बिजा सप्रियाे। राजनीतिज्ञहरूले पछिल्लाे युवा पुस्ताहरूलाई नै अग्रपङ्तिमा राख्ने गर्छन्। र यसरी नै आमा सुकी अग्रपङ्तिमा आइपुगिन्। उनीलाई राेक्ने प्रयास नगरिएकाे भने हैन। तर आफ्नै खुबीले चिनायाे। उनी झल्झल् बल्ने आगाे हुन्।

म्यान्मारकाे जनजनले बुझ्दाे भाषामा भाषण गर्नु नेत्री सुकीकाे नाैलाे रहर–लाग्दाे कला छ। जनमानस उनकाे मुस्कानमा पग्लिन्छन्। आमाकाे ईमान्दारीताले हाेला– मुस्कान नै मीठाे लाग्छ।

क्रान्तिकाे अग्रदूत बनेर उनीद्वारा शब्दहरू लाखाैं बाेलिन्छन्। उनीकाे प्रयास सामान्य हैन। प्रजातन्त्रकाे गहिराइमा राम्राेसँग डुबुल्की नमारेपनि नेत्री सुकीमा स्वतन्त्रताकाे परिभाषा बुझ्नने फराकिलाे दायरा छ। जनताले उनीप्रतिकाे धारणा जानेकै कारण प्रजातन्त्रकाे गर्जन मागेकाे हुनुपर्छ।

असल, सभ्य, अहम–पना नभएकाले राजनीतिज्ञहरू उनकै वरिवरी घुम्छन्। क्रान्ति भनेकाे रगताम्यै हुनुपर्छ भन्ने छैन। बिना रगत शान्ति नै क्रान्तिकाे महत्व हाे। शान्ति नै राष्ट्रियता अनि  कुटनीति पनि। शान्तिकाे मार्ग अपनाएकाहरूलाई हतियारधारीले जित्न सकेनन् र सक्दैँनन् पनि। सुकीकाे नीती हृदयबाट प्रष्फुटित भएकाे हाे। प्रेमबाट प्रवाहित भएकाे हाे। क्रूरताले भरिएका हतियारधारीकाे शब्दहरूले कहाँ प्रभाव पार्न सक्लान् र। शब्द–शब्दमा प्राण छः आमैको।

स्वतन्त्रताकी प्रतिक सुकीलाई विराेधीहरूले भए नभएका लाञ्छना नलाएकाे हाेइनन्। आफ्नाे मुस्कानले धर्ती सजाउँदै, आफ्नाे लक्ष्यमा पाइला चालिरहिन्। उनीभित्र उर्जा छ। बाहिरी वस्तुमा कुनै प्रभाव छैन। दुबै आँखा बन्द गरेर विश्वास गर्नु हुँदैन। राजनीति भनेकाे मानिससँग खेल्ने हाे। कहिलेकाहीँ उनी कट्पुतली पनि बनिदिन्छिन्। तर, उनीले हारेकै भने छैनिन्।

सभ्य स्वभाव, आँखामा शक्ति र कुटनीति भरिपूर्ण छ। उनीसँग कसले आँखा जुधाउन सक्ला र? उनीलाई चिन्नु छ भने उनका भाषणहरू सुन्नु/पढ्नु पर्छ। उनीकाे जस्ताे शहनशील र लगनशील भएर नै यति–लामाे कार्य भएकाे हाे। नत्र त कसले पाे गर्न सक्छ र? कुनैपनि व्यक्तिहरूप्रति कुदृष्टि नराखी सत्यताकाे लागि डटेर काम गर्दै आत्मविश्वासकाे छडी समाएर नै नेत्री सुकी सफल बनिन्।

सबैकी राष्ट्रमाता उनी कति हाे कति महान छिन्। व्यक्तिगत रूपमा पुज्ने पनि हाेलान्। तर नेत्री सुकी देवता हैनन्, मानिसभित्रकै मानिस हुन्। उनीलाई बाैद्धिकपनाले विशेष बनाइदिएकाे छ। एसियामा उनी महत्त्वपूर्ण छिन्। किनकि उनकाे महानता नै विशेष छ। मान्छेलाई मान्छे जस्ताे व्यवहार गर्ने परिवारमा जन्मिइन्। बुद्धका सन्देशहरूलाई हृदयबाट मनन गर्ने व्यक्ति हुन्– प्रजातन्त्रवादी नेत्री सुकी।

कुनै कालखडमा बिरामी आमालाई सेवा गर्न तत्कालिन बर्मा फर्किदा, देशले नै जिम्मेवारी उनकाे काँधमा राखिदियाे। साेच्न बाध्य भइन्। देशकै लागि जिम्मेवारी आएकाे हुँदा नाइ भन्न सकिन्न्। र, भनुन् पनि कसरी? इतिहासकै खाँचाे परिपूर्ति गर्न सबै–सबै सपना लण्डनमै छाडी पुनः बर्मा आइन्। सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा सन्  १९८८ अगस्त ८ ताका गरिन्।

उनमा निष्ठा, त्याग र तपस्या कसरी आयाे– अचम्मित हुन्छन्। हृदयस्पन्दनबाट नै आएकाे हुनुपर्छ। म्यान्मारले असल र सरल नेतृत्व पाएर धन्य भएकाे छ। क्रान्तिकारी समयमा उनी नै लक्ष्य विन्दु हाे। र, प्रकाश स्तम्भ पनि।

सधैं जागृत उर्जायमान छिन्– उनी। जनताले दुःख पाउँदा उनी पनि दुःखमै भिजेकी हुन्छिन्। आज पनि सैन्य तानाशाहीकाे ताराे बनेकी छन्। देशमा राजनीतिक ‘कू’ गरेर सैन्य नजरबन्दमा राखिएकाे छ। देशै अध्याराे सुरूङमा फसेकाे छ। उनी भन्थिन्, ‘जनताले भाेग्ने दुःख मैले भाेग्नु पराेस्’। हाे– आज आमाले दुःख भाेगिरहेकी छन्। र त जनताले पीडै–पीडा सहनु परेकाे छ। वर्षाैपछि पुनः बन्दुककाे त्रास र जनताकाे माया नै मायाले बाँचेकी प्रजातन्त्रकी धराेहर, स्वतन्त्रताकी प्रतिक राष्ट्रमाता आङ सान सुकीप्रति पूर्णस्वास्थ्य लाभकाे कामना। विएल नेपाली सेवा