१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ ।

जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरेको छ ।