१९जेठ,पोबाङ । ग्रामीण विकास तथा चेतना समाज (रुदास) नेपालले सुनछहरी गाउँपालिकामा स्वास्थ्यमा सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको रुदास नेपालले जनाएको छ ।

स्वास्थ्य सामग्री सुनछहरी गाउँपालिका उपाध्यक्ष पवित्रा घर्ती र प्रमुख प्रशासकीय अधिकृ वीरबहादुर पुनलाई रुदास नेपालका प्रतिनिधि एंव पालिका पोषण सहजकर्ता नीराज पुनले हस्तारण गरेका हुन ।

संस्थाले स्वास्थ्यक्रर्मी, महिला स्वयंसेवीकाहरुका मास्क, सेनिटाइजर हस्तान्तरण गरेको सहजकर्ता पुनले बताए।साथै गाउँपालिका स्वास्थ्य शाखाको लागि ४ सेट पिपिई पनि हस्तान्तरण गरिएको उनले बताए ।