२१जेठ, रोल्पा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोल्पामा थप स्वास्थ्य सामग्री पठाएको छ ।

नेकपा (एमाले) नेता कुमार दशौदीको पहलमा स्वास्थ्य मन्त्रालयले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रोल्पा अस्पताल रेउघा, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा थप स्वास्थ्य सामग्री आएको हाे ।

नेकपा (एमाले) नेता कुमार दशौदी

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख पोखरेलका अनुसार रोल्पा अस्पताल रेउघामा ६ वटा अक्सीजन सिलिण्डर, २वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, त्रिवेणी गाउँपालिकामा २५ वटा एन्टिजेन्ट किट, १० वटा डिजिटल थर्मोमिटर, २ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, ३ वटा पल्स अक्सीमिटर र रुन्टीगढी गाउँपालिकामा ५ वटा अक्सीजन सिलिण्डर, १ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, ५वटा इन्फ्रयान्ट फरमेन्टर, १ वटा पल्स अक्सीमिटर आएको छ ।

एमाले नेता दशौदीको पलहमा रोल्पामा यसभन्दा अगाडि पनि स्वास्थ्य सामग्री आएको स्वास्थ्य प्रमुख पोखरेलले बताए ।