राजनीति आज हरेकको घर-घर अनि भान्सा-भान्सा छिरेको छ।सुन्दा बुझ्दा र देख्दा पनि अचम्म लाग्छ राजनीति पेसा हो कि ? समाज सेवा बुझ्न निकै मुस्किल छ। जतात्ततै राजनीती नै राजनीती छ।

राजनीती नभएको कुनै विशुद्ध सेवा क्षेत्र र निस्वार्थ भावना बोकेको कुनै प्रतिनिधि भेटाउन गाह्रो छ। कत्तै कोहि कसैलाई नियुक्ति गर्नुप¥यो राजनीति, कसैलाई फाल्नु पर्यो राजनीति , शिक्षकमा राजनीति विद्यार्थीमा राजनीति, राष्ट्रसेवकहरुमा राजनीती, नेपालको चौथो अंग मानिने पत्रकारीता र पत्रकारमा राजनीती, पेशाकर्मीहरुमा पनि राजनीती, भरीया कमैयाहरुमा पनि राजनीती, जात-जातिमा राजनीती, धर्म र धार्मीक साम्प्रदायिकहरुमा राजनीति, युवा तथा उमेर समूहहरुमा पनि राजनीती, लिङ्ग, वर्गहरुमा राजनीती, कुलो, दुलो नहरमा , बाटो, माटोमा जस्ता आदिमा राजनीति, सेवा क्षेत्रमा राजनिती, विकासका पूर्वाधारहरुमा राजनीती तेरो राजनीती-मेरो राजनीती र अरु यस्तै, यस्तै विभिन्न क्षेत्रहरूमा राजनीति ।

यसो हेर्दा देख्छु राजनीती गर्नेहरु कम तर पेशा तथा व्यवसाय गर्नेहरु धेरै ,जताततै राजनीती नै राजनीति सुन्दा नि वाकदिक लाग्छ। कत्तै हाम्रो पुस्ता र आगामी पुस्ताहरु पनि यसरी नै सामाजिक तथा साम्प्रदायिक कित्ताकाट गरेर सामाजिक विचलन ल्याउने र साम्प्रदायिक भावना भड्काउने कार्यमा सक्रिय हुने हो। हामी विद्यार्थीहरुले राजनीतीको झोला बोकेर उफ्रिने हो कि राम्रोसँग आफ्नो अध्ययन गरेर भोलि आफ्नो सपना पुरा गरी राष्ट्रलाई सेवा गर्ने । यो हाम्रै हातमा छ । यसो भन्दा कतिपय राजनीति गर्ने विद्यार्थी नेताहरुको मन दुख्ला तर फोहोरी राजनीतिको झोला नबोकेका र राजनीतिक दलसँग नजिक नभएका राजनीति नबुझेका र राजनीति गर्ने माथिल्लो तहमा आफ्नो नजिकको चिनेजानेका प्रतिनिधि नभएका ती बेसाहारा, गरीब, दिनदुखी माथि झन हाम्रो नेपालको राजनीतिले झन पिडाको भारी थपिदिएको छ।

त्यसैले राजनीती खिचातानी छोडौँ । हामी नेपाली हौँ । हाम्रो पार्टी नेपाल हो । हामी समग्र देशकै कार्यकर्ता हौँ भन्ने भावना बोकौ अनि मात्र देश बन्छ । हामी राजनीतीकर्मी र राजनीतीक दलको झिनो स्वार्थका कारण आफ्नो पेशा, आचरण र सामाजिक प्रतिष्ठा भुलेर तपाई-मपाई जस्ता कार्यमा सहभागी हुन थाल्यौ भने सम्झनुस दिन ढल्कने निश्चित छ ।

राजनीतीक चेतना अनिवार्य तथा अपरिहार्य छ । तर पेशाकै रुपमा राजनीती, राजनीतीकर्मीले अंगालेको राम्रो मानिन्छ । हामी हाम्रो काम ईमान्दारीताका साथ निर्वाह गरौँ । तब देश बन्छ ।

त्यसैले कुनै पनि पार्टीको अन्धभक्त नबनौँ । मेरो यो पार्टी ,तेरो त्यो पार्टी  भन्ने भावना मन देखिनै हटाउ । सकारात्मक विचार धारा बोकेर काम गर्ने प्रतिनिधिको प्रोत्साहन गरौँ । नकारात्मक विचार धारा बोकेका सामाजिकहित विपरित कार्य गर्न प्रतिनिधिको विरोध गरौँ । आफ्नो पार्टी र आफुले मन परेको मान्छेले जेजस्तो काम गरेपनि सहि गरे जस्तो मान्ने र अरु पार्टी अथवा मन नपर्ने व्यक्तिले राम्रो गर्दापनि विरोध गर्ने प्रविधि हटाउ। राम्रोलाई राम्रो भन्न सिकौँ । नराम्रोलाई नराम्रो हो भनी विरोध गरौँ सत्य तथ्यको खोज गरौँ अनि सबै बुझेर मात्रै बोलौ। नत्र ‘समृद्धि नेपाल खुसी नेपाली’को नाराले मात्रै केही हुनेवाला छैन।