काठमाडौ । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूले राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा कानुनी राज्यको धज्जी उडाइएको ठहर गरेको छन् ।

देशभरका कांग्रेस जिल्ला सभापतिले संयुक्त दस बुँदे प्रेस विज्ञप्ति जारी गर्दै दण्डहीनता, भ्रष्टाचार, गैर जिम्मेवार र तानाशाहको उपमा बनेको ओली सरकारले संविधानवाद र नागरिकको मर्म र भावना विपरीत चलेर संविधान र कानूनको धज्जी उडाएको ठहर गरेको हो ।

ओली सरकार संविधान र लोकतन्त्रकै विरुद्व सुनियोजित रुपमै योजनाबद्ध प्रतिनिधि संभा विघटन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।