धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

आइतबारदेखि प्रदेशसभामा प्रि-बजेट छलफल गर्ने कार्यसूची रहेको भए पनि प्रदेश सरकारले आवश्यक तयारी नपुगेको भनेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ९ बजे बोलाइएको छ । प्रदेश प्रमुखको आह्वानमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो ।

सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।