२३गते, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका ३ का ३४ वर्षीय महिला र अर्घाखाँची छत्रदेव ७ का ७३ वर्षीय पुरुष रहेका अस्पतालले जनाएको छ ।
महिलामा जेठ १७ गते कोरोना पोजेटिभ देखिएको थियो ।  महिलाको  उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै अर्घाखाँचीका छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ २१ गते अस्पतालमा भर्ना भएका ती पुरुषको २२ गते कोरोना पेजेटिभ देखिएको अस्पतालका जनाएको छ ।