२४जेठ, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

उनले आइतबार बेलुका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । सो समूहबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा सरकारमा थिए ।

उनीहरु चारै जनालाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन् ।