२६जेठ,काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज ५ हजार ७६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार १७९ पुगेको छ।