२७जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

नारदमुनि राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सूचना तथा सञ्चारमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बनेका छन्।

सूची पढ्नोस्: