१.सौर्य परिवारको (सौर्यमण्डलको) वीच भागमा के रहेको छ ?
उत्तरः सूर्य
२. सूर्यलाई केन्द्रविन्दू बनाई आफ्नो अक्षमा एउटै दिशामा घुम्ने विभिन्न ग्रह, उपग्रह, उल्का, लामपुच्छे पिण्ड आदिको समूहलाई समग्रमा के भनिन्छ ?
उत्तरः सौर्यमण्डल
३.पृथ्वीको सबैभन्दा नजिकको तारा कुन हो ?
उत्तरः सूर्य
४. सूर्यको वजन सौर्यमण्डलका सबै पिण्डभन्दा कति गुणा बढी छ ?
उत्तरः ७४० गुणा
५. तारा, ग्रह, उपग्रह र नक्षत्रहरुको समूहलाई के भनिन्छ ?
उत्तरः ब्रह्माण्ड
६. न ब्रह्माण्डको सुरु हुन्छ न त यसको अन्त्य नै हुन्छ भनेर कुन ग्रन्थमा लेखिएको छ ?
उत्तरः वेद
७. नक्षेत्र केसँग सम्बन्धित रहेको छ ?
उत्तरः चन्द्रपथ
८. जम्मा नक्षेत्रको संख्या कति रहेको छ ?
उत्तरः २७ वटा (पहिलोः अश्विनी र अन्तिमः रेवती)
९. सौर्यमण्डलको ठूलो र प्रमुख तारा कुन हो ?
उत्तरः सूर्य
१०. सौर्यमण्डलको जम्मा भारमध्ये सूर्यमा कति प्रतिशत भार पर्दछ ?
उत्तरः ९९ प्रतिशत
११. सूर्यको व्यास कति रहेको छ ?
उत्तरः १३ लाख ४८ हजार ४४६ किलोमिटर
१२. सूर्यले केलाई परिक्रमा गर्दछ ?
उत्तरः आकाशगंगा
१३. सूर्यले परिक्रमा गर्ने कक्षलाई के भनिन्छ ?
उत्तर: तारापुञ्जिय केन्द्र (ग्यालेक्टिक सेन्टर)
१४. सूर्यलाई ग्यालेक्टिक सेन्टर परिक्रमा गर्न कति समय लाग्छ ?
उत्तरः २५ करोड वर्ष
१५. कति अवधिलाई ब्रह्माण्ड वर्ष भनिन्छ ?
उत्तरः २५ करोड वर्ष
१६. पृथ्वीमा २५ करोड वर्ष हुँदा सूर्यमा कति वर्ष हुन्छ ?
उत्तरः १ वर्ष
१७. सूर्य र तारापुञ्जिय केन्द्र वीचको दुरी कति रहेको छ ?
उत्तरः ३० हजार प्रकाश वर्ष
१८. पृथ्वी भन्दा सूर्यको आकर्षण शक्ति कति गुणा बढी रहेको छ ?
उत्तरः २८ गुणा
१९. पृथ्वी भन्दा सूर्य कति गुणा ठूलो रहेको छ ?
उत्तरः १०९ गुणा
२०. सूर्य पृथ्वी भन्दा कति गुणा गह्रौ रहेको छ ?
उत्तरः ३ लाख ३३ हजार गुणा
२१. सूर्यलाई आफ्नो कक्षमा परिक्रमा गर्न कति समय लाग्दछ ?
उत्तरः २५ दिन ५ घण्टा
२२. पृथ्वीमा २५ दिन ५ घण्टा हुँदा सूर्यमा कति दिन हुन्छ ?
उत्तरः १ दिन
२३. पृथ्वीबाट सूर्य कति टाढा रहेको छ ?
उत्तरः १४ करोड ८८ लाख किलोमिटर (९ करोड ३० लाख माईल)
२४. सूर्यको प्रकाशको गति प्रतिसेकेण्ड कति रहेको छ ?
उत्तरः ३ लाख किलोमिटर
२५. सूर्यले एक वर्षमा कति दुरी पार गर्दछ ?
उत्तरः ९५ खर्ब किलोमिटर (प्रकाश वर्ष भनिने)
२६. सूर्यको प्रकाश पानीमा कति तलसम्म जान्छ ?
उत्तरः करिब ३०० फिट
२७. सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
उत्तरः ८ मिनेट २० सेकेण्ड