२७असार, रोल्पा । युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले निःशुल्क अनारका विरुवा वितरण गरेको छ ।

युवा संघको राष्ट्रिय अभियान अन्तर्गत माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङका करिब ५ सय घरधुरीलाई १ हजार अनारको विरुवा नि:शुल्क विरतण गरीएको हो ।

स्थानीय सरकारले कृषकलाई निःशुल्क फलफुलका विरुवा उपलब्ध गराउन नसकेकाले स्थानीय सरकारको ध्यानाकर्षण गराउनको लागि निःशुल्क विरुवा वितरण गरिएको युवा संघ रोल्पाका अध्यक्ष प्रेमबहादुर विकले बताए ।युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्ने मात्र नभई रोजगारीको बाटो सिर्जना गर्नको लागि पनि फलफुलका विरुवा गरिएको उनले बताए ।

स्थानीय सरकारले युवाहरुलाई रोजगारी सिर्जना गर्नको लागि निःशुल्क फलफुलका विरुवा वितरण गर्नुपर्छ । जनप्रनिधिहरुले कृषि क्षेत्रमा विभिन्न अनुदानका कार्यक्रमहरु ल्याए पनि वास्तविक कृषकले पाउन नसकेको उनको भनाई छ ।

काेर्चाबाङका ६ वटा सामुदायिक विद्यालयहरु पनि विरुवा वितरण गरेकाे छ। कार्यक्रममा नेकपा एमाले रोल्पाका सचिवालय सदस्य आनन्दकुमार बुढामगर, एमाले जिल्ला कमिटी सदस्य कमन बुढा, स्थानीय वुद्धिजिवी लगायतको सहभागिता रहेको युवा संघ रोल्पाले जनाएको छ ।