३० चैत्र, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमित थपिएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि गत (आइतबार) चैत्र २९ मा भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।