२९असार,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

नयाँ बन्न लागेको गठबन्धन सरकारको सत्ता साझेदारीका विषयमा देउवा र प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटवार्ता सकेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन्। भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बताएको छ।