३१जेठ, काठमाडौँ । युरोकप फुटबलमा अष्ट्रियाले विजयी शुरुवात गरेको छ ।

रोमानियाको बुचारिस्टमा आइतबार राति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एकरएक गोल गरे । म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको अष्ट्रियाले ३ अंक जोडेको छ ।