३१ जेठ, रोल्पा । रोल्पामा जारी निषेधाज्ञा दश दिन लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार जारी निषेधाज्ञालाई केहि खुकुल्लो बताई असार १० गतेसम्म लम्बिएको हो ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

निषेधाज्ञामा सबै पसल बिहान १० बजेसम्म खोल्न पाईने छ । निर्माण सामाग्री ढुवानी दिने निर्णय भएको छ।

बैङ्क सधै खोल्नु पर्ने र सबै सेवा दिनु पर्ने छ, भने होटल, शैलुन, ब्युटीपार्लर र शैक्षिक सस्था चाहि बन्द रहने छन्।