१असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘कोभिड फर्स्ट’ नीति लिने भएको छ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले कोरोना संक्रमितहरूको निशुल्क उपचार हुने र कोरोनाका बिरामीलाई प्राथमिकता दिन कोभिड फर्स्ट नीति लिइने बताएका हुन्।