१असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३.५ प्रतिशत विनियोजन गरेको जानकारी गराए।

कुल बजेटमध्ये पुँजीगततर्फ १६ अर्ब ७३ करोड (५५.०७ प्रतिशत) छुट्याइएको छ। सोमबार प्रस्तुत नीति तथा कार्यक्रमलाई नै सम्बोधन गरेर बजेट ल्याइएको हो।

बजेट पूर्ण पाठ