२ असार, पर्सा । पर्साको वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर, मनहरी गाउँपालिका–६ बस्ने ५१ वर्षीय रामकुमार मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ वीरगञ्ज–१८ भवानीपुर सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।