३असार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) नेता माधवकुमार नेपाल समूहले आफूनिकट स्थायी कमिटी सदस्यको बैठक बोलाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका बेला रणनीति तयारका लागि बैठक बस्न लागेको एक नेताले बताए ।

बैठकले विपद् व्यवस्थापनबारे सरकारलाई ध्यानाकर्षण गराउनुका साथै उद्धार तथा राहतमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिने तयारी पनि गरेको छ ।