५माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेको छ ।

हिजो (आइतवार) प्रति तोला रु ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज भने २ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रति तोलाको रु ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको हो ।

त्यस्तै यता चाँदीको मुल्यमा प्रति तोलाको रु १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।