३साउन,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत पाउँ भनी आइतबार प्रतिनिधि सभामा प्रस्ताव पेस गरेका थिए।

प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको सभामुख अग्नी सापकोटाले जानकारी दिएका छन्।

यसैगरी विश्वासको मतको विपक्षमा ८३ मत परेको छ। प्रतिनिधि सभामा सभामुखसहित २४९ जना सांसदको सहभागीता रहेको थिए।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

सोही अनुसार प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन्।

विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्।