७असार, रोल्पा । रोल्पा अस्पताल रेउघालाई रोल्पा नगरपालिकाले जेनेरेटर उपलब्ध गराएको छ । सोमबार रोल्पा नगरपालिका मेयर पूर्ण केसीले अस्पताल विकास समितिका अध्यक्ष फबिन्द्र आचार्यालाई जेनेरेटर हस्तान्तरण गरेका हुन ।

स्वास्थ्यकर्मीहरुले विद्युत नभएको समयमा जेनेरेटरको अभावमा टर्चलाइट बोलेर गम्भिर रोगको उपचार तथा प्रसुती सेवाको शल्यक्रिया गर्दै आएको थाहा पाएपछि नगरपालिको १ सय केभिएको जेनेरेटर उपलब्ध गराएको हो ।

अस्पतालमा भईरहेको समस्यालाई समाधान गर्नको लागि नगरपालिकाले जेनेरेटर हस्तारण गरेको मेयर केसीले बताए । स्वाथ्यकर्मीहरु अब यस्ता समस्याबाट मुक्त हुने उतले बताए ।

स्वास्थ्य क्षेत्रको सुद्धिकरणको लागि नगरपालिको अस्पतालमा विभिन्न पहल गर्दै जिम्मेबार तवरले लागि परेको उनले बताए । रोल्पामा अस्पतालमा तीन जना स्वास्थ्यकर्मी सम्मेत नगरपालिको आफ्नै स्रोतमा खताएको छ ।

जेनेरेटर ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष फबिन्द्र आचार्यले अस्पतालले ठूलो उपलब्धी हासिल गरेको बताउँदै अस्पताल सुधारमा नगरपालिको सधै अभिभवाको भूमिका निर्वाह गरेको बताए ।

अनियमित विद्युतका कारण विरामी र स्वास्थ्यकर्मीले भोग्नु परेको ठूलो समस्याको समाधान भएको उनले बताए ।