९असार,रोल्पा । सुनौलो सुनछहरी वृत्तचित्र डकुमेन्ट्री छायांकन सम्पन्न भएको छ।

रोल्पाको सुनछहरी गाउँपालिका जेलबाङमा संचालित गेमी होमस्तेको आयोजना तथा सुनछहरी गाउँपालिकाको आर्थिक सहयोगमा छायाँकन कार्य करिब एक महिना लगाएर सम्पन्न भएको हो।

गाउँपालिका अन्तर्गतका विभिन्न पर्यटकीत गन्तव्यहरु गुरिल्ला पद मार्ग, युद्ध पर्यटन, प्राकृतिक पर्यटन, सास्कृतिक तथा धार्मिक परम्पराहरु लगयतको पहिचान गरेर गेमी होमस्तेको ब्यानरमा पर्यटन प्रवर्द्धन वृत्त चित्र छायांकन गरिएको होमस्ते अध्यक्ष पृथ्व पुनले बताए।

छायांकनको क्रममा गाउँपालिका भित्र रहेका पर्यटकीय गन्तव्यहरु गामको कोठिभिर, भित्रीगामको बिबाङ दह, सेरमको तिलाचन दह , बाहिरीगामको गोङबाङ युद्ध पर्यटकीय स्थल जैमाकसलाको विभिन्न ठाउँ, सुनछहरी झरना, सहिद नमुना गाउँ जेलबाङ, डोडेरामा हत्याकाण्ड स्थल जेलबाङ, जलजला लगायतका ठाउँहरुको परिचय तथा चिनारी, पहिचान, वस्तुस्थितिलाई समेटी छायांकन गरिएको अध्यक्ष पुनले बताए।

साथै उक्त वृत्तचित्र अहिले काठमाडौमा मिक्सिङ भैइरहेको र आउदो साउन महिनाको पहिलो हप्ता प्रकाशन गर्ने लक्ष्य रहेको अध्यक्ष पुनले जानकारी दिए।