९असार, रोल्पा । रोल्पाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशिला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ जना सुतेकामध्ये २ जनाको अवस्था सामान्य रहेको छ । भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले बताएका छन् ।