१५ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।