प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

१७असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाले हिजो गरिएको पिसिआर परीक्षणमा आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । दुवैले सामाजिक सञ्जालमार्फत् आफूहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस