सरकारको चुरे दोहन नीति ‘खरानीको व्यापार गर्न घर जलाए जस्तै’ : कांग्रेस

फाइल फाेटाे

१९जेठ,काठमाडौँ । नेपाली कांग्रेसले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिको विरोध गरेको छ।

सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै खानीजन्य निर्माण सामग्री दोहन गरी निकासी गर्ने कार्यक्रम तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका हुन् ।

‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस