अनमोलको जोडी आज्ञा ?

१८पुस, काठमाडौँ। अभिनेता अनमोल केसीको अभिनय रहने फिल्म ‘पारस’ को गत वर्ष घोषणा गरियो ।

माधव वाग्लेको डेब्यु निर्देशन तथा दि सुपर काजोल फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता भुवन केसी भनिएको छ ।

फिल्ममा अनमोल शिर्ष भूमिकामा रहने भनिएता पनि उनको को–स्टारहरुको बारेमा खुलाइएको थिएन् । विशेषत अनमोलको हिरोइन को हुन्छिन् भन्ने चासो दर्शकझैँ मिडियाकर्मीलाई पनि रहने गर्छ ।

पछिल्लो समय ‘ए मेरो हजुर ४’ को छायांकन सेड्युलमा रहेका अनमोलले फिल्म ‘पारस’ मा आज्ञा करनजीतसँग काम गर्ने चर्चा चलिरहेको छ ।
फिल्म नजिकका सदस्यसँग बुझ्दा हिरोइन फाइनल भईसकेको बताए ।

‘हिरोइन लगभग फाइनल छिन् यद्दपी काम कहिलेबाट कसरि हुने टुङ्गो छैन’ उनले भने । उनको कमर्शियल हेरेर अडिसन हुँदै निर्माण टिम सेलेक्ट गर्ने तयारीमा छ ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस