जलजला बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को प्यानल विजयी , अध्यक्षमा पुन

फाइल फाेटाे

६चैत, रोल्पा । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको जलजला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल (क्रान्तिकारी)का उमेश पुन विजयी भएका छन्।

आइतबार भएको निर्वाचनमा पुनले नेविसंघका दिपक विष्टलाई १५ मतान्तरले पराजित गदै अखिल (क्रान्तिकारी)का पुन विजयी भएका हुन्।

विजयी भएका पुनले १ सय ९३ मत प्राप्त गरेर छन्। भने उनका प्रतिस्पर्धी नेविसंघका दिपक विष्टले १ सय ७८ मत प्राप्त गरेका छन्।

सचिवमा अखिल (क्रान्तिकारी)का हरिमाया महरा विजयी भएकी छन्। महराले २ सय ५ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका प्रशान्त बुढामगरले १सय ६१ मत प्राप्त गरेका छन्।

त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका खुमबहादुर सुनारले १ सय ८७ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी अखिल (छैठौँ)का उषा विष्टले १ सय ७२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। सदस्यमा अखिल (क्रान्तिकारी)का कविता खत्री र मोतीकला रानापुन विजयी भएका छन्।

क्याम्पस स्ववियु निर्वाचनका लागि माओवादी केन्द्र र विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीच तालमेल गरेका थिए । भने कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन बीच तालमेल भएको थियो ।

क्याम्पसमा ४ सय ७३ मतदाता रहेकोमा आइतबार  भएको स्ववियु निर्वाचनमा ३ सय ९४ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस