माओवादीको तीन महिने अभियान आजबाट सुरु

१६ भदौ, काठमाडौं,  । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुदैँछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष दाहालले बिहान ९ः००  बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डाबाट अध्यक्ष दाहालले साे सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस