राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि घिमिरेको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो । १९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका गौरीु शोककाव्य, राष्ट्र निर्माता खण्डकाव्य, मालती÷मङ्गलेु गीतिनाटकलगायत प्रसिद्ध छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस