हाम्रो बारेमा
अनलाइन साझा डटकम (onlinesajha.com) जनआकांक्षा साप्ताहिकद्वारा सञ्चालित एक अग्रणी डिजिटल समाचार पोर्टल हो। नेपाली भाषामा सञ्चालित यस प्लेटफर्मले देश तथा विदेशका ताजा, विश्वसनीय र तथ्यपरक समाचारहरू पाठकसमक्ष प्रस्तुत गर्दै आएको छ।
यस पोर्टलले समाचारसँगै विचार, विश्लेषण, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद, विश्व, सूचना प्रविधि तथा जीवनशैलीसँग सम्बन्धित विविध सामग्रीहरू समेट्दै समाजका विभिन्न आयामलाई प्रतिबिम्बित गर्ने प्रयास गर्दछ।
जनआकांक्षा साप्ताहिकले वि.सं. २०७१ साल वैशाख २८ गतेदेखि आफ्नो प्रकाशन यात्रा प्रारम्भ गरेको हो। स्थापनाकालदेखि नै यसले निष्पक्षता, सत्यता र जिम्मेवार पत्रकारितालाई आफ्नो मूल मन्त्रका रूपमा आत्मसात् गर्दै आएको छ।
डिजिटल युगसँगै सूचना प्रवाहको तीव्रता र पहुँचलाई मध्यनजर गर्दै, अनलाइन साझा डटकम (onlinesajha.com) ले छिटो, सहज र विश्वासयोग्य समाचार उपलब्ध गराउने लक्ष्य लिएको छ।
हामी पत्रकारिताको आचारसंहिता पालना गर्दै जिम्मेवार र विश्वासिलो सूचना सम्प्रेषणमा प्रतिबद्ध छौँ। पाठकको विश्वासलाई नै हाम्रो सबैभन्दा ठूलो पूँजी मान्दै, हामी निरन्तर गुणस्तरीय पत्रकारितामा अगाडि बढिरहेका छौँ।
