नेकपा ओली पक्षले काठमाडौंमा कार्यकर्ता भेला गर्दै

फाइल फाेटाे

१८पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज शनिबार काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दैछ। भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो ।

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस