![](https://onlinesajha.com/wp-content/uploads/2020/12/Prachanda-gut-stai-comitee-2-1536x1024-1-1500x1000.jpg)
१८ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षद्वारा संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
प्रचण्ड–माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएको छैन ।
आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायतका छन् ।
आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै नेकपा प्रचण्ड–माधव पक्षले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।
हेर्नुहोस प्रचण्ड नेपाल समूहको विज्ञप्ति
प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार