बाँकेमा कोरोना संक्रमित वृद्धको मृत्यु

२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका–२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस