दिपेन्द्र आधारभूत विद्यालयको भवन शिलान्यास

२०पुष,रोल्पा । रोल्पा नगरपालिका १ सानो लिबाङमा रहेको दिपेन्द्र आधारभूत विद्यालय लिपुबाङको विद्यालय भवन शिलान्यास गरीएको छ ।

रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी र नगर उपप्रमुख मनकुमारी घर्तीले विद्यालय भवनको शिलान्यास गरेका हुन ।

लुम्बिनी प्रदेश शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय प्यूठानबाट विनियोजित ४० लाख बजेटकाे लागतमा भवन निर्माण हुन लागेको हो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै मेयर पूर्ण केसीले डिल्लेश्वरी आ.बि. हरिगाटीना, दिपेन्द्र आ.वि.सानोलिपुबाङ, बागेश्वरी आ.वि.सल्लीबोटलाई मर्जगरेर निर्माण हुन लागेको दिपेन्द्र माध्यमिक विद्यालयले धेरै विद्यार्थीहरुको भविष्य उज्जवल हुने बताए।

टाढाका विद्यार्थीहरु आफ्नै घर नजिक हुन लागेको गुणस्तरीय विद्यालयमा अध्ययन गर्न पाए पछि शैक्षिक गुणस्तरमा वृद्धि हुने र कलिला बालबालिकालाई राहत उनले बताए ।

कार्यक्रममा शिक्षक उदय महरा, प्रधानअध्यापक शोभा कँवर, नगर उपप्रमुख मनकुमारी घर्तीले स्वागत मन्तव्य दिएका दिए ।

भवन शिलान्यास कार्यक्रममा रोल्पा नगरपालिका १ का वडा अध्यक्ष राजन कँवर, वडा सदस्य अनिता रावत, नगरपालिकाका प्राविधिक रमेस बुढामगर र प्राविधिक रेगम जिसी , प्रेस संयोजक देवी गुरुङ लगायत जग्गादान गर्ने जग्गादाताहरु, अभिभावक, शिक्षक, विद्यार्थी, आमा समूहहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले पिटि प्रर्दशन तथा मार्चपास समेत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक उदय गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस