थप ४०९ जनामा कोरोना संक्रमण

२२ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये २ सय ३३ जना काठमाडौं उपत्यकाका हुन् ।

योसहित कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस