रोल्पाको अरेशमा पशु स्वास्थ्य शिविर

२४ पुष, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ अरेशमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं. ८ अरेशमा सम्पन्न शिविरबाट १ सय ३ जना किसान लाभान्वित भएका छन्।

सुनिलस्मृति गाउँपालिका पशु सेवा शाखाले उक्त शिविर आयोजना गरेको हो। बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको पशु प्राविधिक सुनिता महराले जानकारी दिएकी छन् ।

शिविरमा किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि दिएको महराले बताएकी छन्।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८का वडा अध्यक्ष धनराज रोकाको अध्यक्षतामा सम्पन्न शिविरमा गाउँपालिका उपाध्यक्ष मीना थापा, पशु प्राविधिक सुनिता महरा लगायत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस