
२७पुस, काठमाडौं । अमेरिकामा एकैदिन २ लाख ६ हजार २ सय ५५ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड २९ लाख १० हजार १ सय ३६ पुगेको छ ।
अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन १७ सय ५९ जनाको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ८३ हजार २ सय ४२ पुगेको छ ।
अमेरिकामा एक करोड ३४ लाख ७५ हजार ५ सय ७५ जना संक्रमित उपचारपछि निको भएका छन् । साथै ९ लाख ५१ हजार ३ सय १९ जना संक्रमित उपचाररत छन् ।
प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार