
२७ पुस, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित थपिएका छन् ।
यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार