रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

२७ पुष, रोल्पा । रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका ५ पोबाङका ४२ वर्षीय हिकलाल पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाकारी दिएको छ ।

बिजुलीको तार तान्ने काम गरी घर फर्कदै गर्दा कालीहाङ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उन शवलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस