विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख नाघ्यो

२८पुस, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस