२८पुस काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।
कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार