प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जना प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

२८पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरेको हो ।

प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेको पत्रमा दलको बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको उल्लेख छ ।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव यसअघि नै दर्ता भएको छ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस