२९पुस,रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले राष्ट्रको लागि केहि योगदान दिन आफू राजनीतिमा आएको बताएका छन् ।
नेपाली काँग्रेस रोल्पाद्वारा नवनिर्वाचित प्रदेश सभापति पुनको सम्मानमा आयोजित बधाई तथा शुभकामना समारोहमा राष्ट्रलाई योगदान दिन आफू राजनीतिमा आएको बताएका हुन।
प्रदेश सभापति पुनले भने-  सम्पूर्ण पेशा व्यवसाय र सुखद जीवन त्यागेर राजनीतिमा आएको हुँ । मेरो एउटा निर्विकल्प पेशा भनेको राजनीति हो ।

सभापति पुनले सक्षम र क्षमतावान युवाहरूको आकर्षणको केन्द्र  अब कांग्रेस बनाउनु पर्ने खाकासहित लुम्बिनी कांग्रेसले योजना बनाइरहेको समेत बताए ।