माडी गाउँपालिकाले विद्यालय बन्दकाे अवधिमा विद्यार्थीलाई खाेप लगाउने

माडी गाउँपालिका कार्यालय

२९ पुष, राेल्पा । रोल्पाको माडी गाउँपालिकाले विद्यालय बन्दका अवधिमा सबै बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाउने भएको छ ।

विद्यालय बन्द भएपनि सम्बन्धित विद्यालयका प्रधानाध्याकहरुले वडाको स्वास्थ्यसंग समन्वय गरि १२ देखि १७ वर्ष उमेर समुहकालाई अनिवार्य खोप लगाउने भएको हो ।

संघिय सरकारको निर्देशन अनुसार माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण तिव्र हुन थालेको भन्दै सजकता अपनाउन माघ १५ गते सम्म नै बिद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

बिदाकाे समयमा पनि विद्यालयले आफ्नो अनुकुलतामा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइ प्रकृया थाल्न सकिने पनि बताएको छ । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा बिर्सने तथा बाहिरी वातावरणले प्रभाव पार्ने भएकोले वैकल्पिक माध्यम खोज्न पनि गाउँपालिका जानकारी दिइएको छ ।

विदाको समयमा सबै शिक्षक बिद्यर्थीले खोप लगाए नलगाएको यकिन गरि सबैलाई खोप लगाउन अभियान संचालन गर्ने गाउँपालिकाले बताएको छ । बिदालाई खोप अभियानको रुपमा लिन सम्बन्धीत सबैलाई निर्देशन समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस