३०षुस, हाेलेरी । प्रेस चौतारी नेपाल राेल्पाको अध्यक्षमा तिलक जीएम निर्वाचित भएका छन्।

प्रेस चौतारी नेपाल राेल्पाको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा मनाेज पुन, उपाध्यक्ष महिलामा अनिता बुढा, सचिवमा अमृत वली, सहसचिव खुलामा चेतमान बाठाँ, सहसचिव समावेशीमा कविता पुन र कोषाध्यक्षमा भुवन केसी चयन भएका हुन्।

त्यस्तै सदस्यहरूमा कृश खड्का, प्रवीण वली, भूप वली, कुमार घर्तीलगायत चयन भएका छन्।